विप्लवका कार्यकर्ताले आत्मसमर्पण गरे

होमल्याण्ड खबर

२०७५ चैत्र २६ गते, मंगलवार १३:५४ मा प्रकाशित

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका चार कार्यकर्ताले  आत्मसमर्पण गरेका छन् । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएपछि उनीहरुले जिल्ला प्रशासन कार्यालयमै पुगेर आत्मसमर्पण गरेका हुन् ।

आत्मसमर्पण गर्नेहरुमा खजुरा गाउँपालिका–८, रनियापुरका ६६ वर्षीय चुन्ना खाँ, सल्यान घर भई नेपालगञ्ज उपमहानगरपालिका–२ बस्ने डिल्लीबहादुर डिसी, कोहलपुर बस्ने रामजी कुँवर र रुकुम चौरजहारीका गगन खड्का रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

‘विप्लव’ समूहमा रहेर विभिन्न गतिविधि गर्दै आएका उनीहरुलाई कागज गराएर छाडिए पनि उनीहरुको गतिविधिमाथि निगरानी गरिने बताइएको छ ।