१ मंसिर २०८१, शनिबार
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका चार कार्यकर्ताले आत्मसमर्पण गरेका छन् । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएपछि उनीहरुले जिल्ला प्रशासन कार्यालयमै पुगेर आत्मसमर्पण गरेका हुन् ।
आत्मसमर्पण गर्नेहरुमा खजुरा गाउँपालिका–८, रनियापुरका ६६ वर्षीय चुन्ना खाँ, सल्यान घर भई नेपालगञ्ज उपमहानगरपालिका–२ बस्ने डिल्लीबहादुर डिसी, कोहलपुर बस्ने रामजी कुँवर र रुकुम चौरजहारीका गगन खड्का रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
‘विप्लव’ समूहमा रहेर विभिन्न गतिविधि गर्दै आएका उनीहरुलाई कागज गराएर छाडिए पनि उनीहरुको गतिविधिमाथि निगरानी गरिने बताइएको छ ।