सरकारको नीति तथा कार्यक्रम आज पारित हुँदै

होमल्याण्ड खबर

२०७६ बैशाख २४ गते, मंगलवार ०९:१२ मा प्रकाशित

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज पारित हुँदै छ ।

प्रस्तुत नीति तथा कार्यक्रम मंगलबार बिहान ११ बजेपछि बस्ने संसद बैठकमा पारित हुने कार्यसूचि छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गएको शुक्रबार सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

‘सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेपछि छलफल सुरु भएको संसद सचिवालयले जनाएको छ ।

संसदका दुवै सदनमा आइतबारदेखि नीति तथा कार्यक्रममाथि छलफल भएको र यसका लागि तीन दिनको समय छुट्याइएको थियो ।