१ मंसिर २०८१, शनिबार
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज पारित हुँदै छ ।
प्रस्तुत नीति तथा कार्यक्रम मंगलबार बिहान ११ बजेपछि बस्ने संसद बैठकमा पारित हुने कार्यसूचि छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गएको शुक्रबार सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।
‘सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेपछि छलफल सुरु भएको संसद सचिवालयले जनाएको छ ।
संसदका दुवै सदनमा आइतबारदेखि नीति तथा कार्यक्रममाथि छलफल भएको र यसका लागि तीन दिनको समय छुट्याइएको थियो ।