१० मंसिर २०८१, सोमबार
विश्व राफ्टिङ च्याम्पियनसिपको स्प्रिन्टमा नेपाल पाँचौ भएको छ। अष्ट्रेलियाको क्विन्सल्यान्डमा बिहीबार भएको प्रतिस्पर्धामा नेपाल ८२ अंकसहित पाँचौ भएको हो।
प्रतिस्पर्धामा ब्राजिल पहिलो भएको छ । जापान दोस्रो हुँदा रसियाले तेस्रो स्थानमा हा पार्यो। चौथोम स्थानमा न्युजिल्यान्ड रह्यो। नेपाल भन्दा पछि आयोजक अस्ट्रेलिया भयो।
नेपाली टिममा शक्तिकुमार गुरुङ, पदमबहादुर गुरुङ, दिपेश गुरुङ, सविन गुरुङ, सुनिल गुरुङ र रबिल मियाँले पुरुष खुला टिम स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। प्रशिक्षकमा सुरज गुरुङ रहेका छन्।