विश्व राफ्टिङ स्प्रिन्टमा नेपाल पाँचौ, ब्राजिल पहिलो

होमल्याण्ड खबर

२०७६ जेष्ठ २ गते, बिहीबार १२:५८ मा प्रकाशित

विश्व राफ्टिङ च्याम्पियनसिपको स्प्रिन्टमा नेपाल पाँचौ भएको छ। अष्ट्रेलियाको क्विन्सल्यान्डमा बिहीबार भएको प्रतिस्पर्धामा नेपाल ८२ अंकसहित पाँचौ भएको हो।

प्रतिस्पर्धामा ब्राजिल पहिलो भएको छ । जापान दोस्रो हुँदा रसियाले तेस्रो स्थानमा हा पार्यो। चौथोम स्थानमा न्युजिल्यान्ड रह्यो। नेपाल भन्दा पछि आयोजक अस्ट्रेलिया भयो।

नेपाली टिममा शक्तिकुमार गुरुङ, पदमबहादुर गुरुङ, दिपेश गुरुङ, सविन गुरुङ, सुनिल गुरुङ र रबिल मियाँले पुरुष खुला टिम स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। प्रशिक्षकमा सुरज गुरुङ रहेका छन्।