आईक्यान अध्यक्षमा कृष्णप्रसाद आचार्य निर्विरोध

होमल्याण्ड खबर

२०७६ असार २९ गते, आईतवार १५:२१ मा प्रकाशित

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था( आईक्यान) को अध्यक्षमा कृष्णप्रसाद आचार्य निर्विरोध निर्वाचित भएका छन् । संस्थाले यहि असार३१ गते चुवानको तयारी गरेको थियो । आचार्य यस अघि उक्त संस्थामा उपाध्यक्ष रहेका थिए । आचार्यले आगामी साउन ७ गतेदेखि आईक्यानमा अध्यक्षको कार्यभार सम्हाल्दै छन् । संस्थाको कार्यसमितिमा १७ जना रहने व्यवस्था छ ।

आईक्यान २०५३ सालमा नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था ऐन २०५३ अन्तर्गत स्थापना भएको एउटा स्वायत्त नियमनकारी संस्था हो । यसले नेपालमा लेखा व्यवसायलाई नियमन गर्छ । नेपालमा चार्टर्ड एकाउण्टेन्सी शिक्षाको व्यवस्था गरी परीक्षा सञ्चालन गर्ने हुनाले यसले शैक्षिक संस्थाको समेत कार्य गर्छ ।