२ मंसिर २०८१, आईतवार
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटारको जग्गासँग सम्बन्धित अनुसन्धानमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग पनि बयान लिने तयारी गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता समेत रहेका नेपालसँग गोप्य रूपमा बयान लिने तयारी रहेको अख्तियार स्रोतले बताएको छ
तत्कालीन सचिव दीप बस्न्यातद्वारा लेखिएको र मन्त्री गच्छदारद्वारा स्वीकृत फाइलमा ‘प्रधानमन्त्री माधव नेपालसँग भएको छलफलको निष्कर्षका आधारमा उहाँकै चेम्बरमा टिप्पणी लेखिएको’ उल्लेख छ । सोही कारण पनि नेपालसँग बयान लिन लागिएको स्रोतले बताएको छ ।
नेपालले सत्य, तथ्य छानविन गरी दोषीलाई कारबाही हुनुपर्ने बताउँदै आएका छन् ।