नेकपाका वरिष्ठ नेता माधव नेपालसँग गोप्य रुपमा बयान लिँदै अख्तियार

होमल्याण्ड खबर

२०७६ श्रावण ५ गते, आईतवार १०:०० मा प्रकाशित

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटारको जग्गासँग सम्बन्धित अनुसन्धानमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग पनि बयान लिने तयारी गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता समेत रहेका नेपालसँग  गोप्य रूपमा बयान लिने तयारी रहेको अख्तियार स्रोतले बताएको छ  

तत्कालीन सचिव दीप बस्न्यातद्वारा लेखिएको र मन्त्री गच्छदारद्वारा स्वीकृत फाइलमा ‘प्रधानमन्त्री माधव नेपालसँग भएको छलफलको निष्कर्षका आधारमा उहाँकै चेम्बरमा टिप्पणी लेखिएको’ उल्लेख छ । सोही कारण पनि नेपालसँग बयान लिन लागिएको स्रोतले बताएको छ ।

नेपालले सत्य, तथ्य छानविन गरी दोषीलाई कारबाही हुनुपर्ने बताउँदै आएका छन् ।