साग भलिबलः आज नेपाली पुरुष टोली भारतसँग भिड्दै

होमल्याण्ड खबर

२०७६ मंसिर १३ गते, शुक्रबार १०:३४ मा प्रकाशित

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको पुरुष भलिबलमा नेपालले आज शुक्रबार भारतसँग खेल्दैछ ।

समूह चरणको दोस्रो तथा अन्तिम खेलमा नेपालले प्रतियोगिताकै बलियो टिम भारतसँग खेल्न लागेको हो ।

यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित कभर्डहलमा साँझ ५ बजे सुरु हुनेछ ।

समूह एको पहिलो खेलमा नेपाली टिम बंगलादेशसंग पराजित भएको थियो । अग्रतालाई जोगाउन नसक्दा नेपाली टिम बंगलादेशसंग ३–२ को सेटमा पराजित बनेको थियो ।

पहिलो खेलमा बंगलादेशसँग पराजित भएको नेपाललाई सेमिफाइनलमा पुग्नका लागि आज भारतमाथि जित निकाल्नु पर्ने दबाब छ ।

आजै राति ७ बजे श्रीलंका र माल्दिभ्स पनि आमने सामने हुने छन् ।

यसैगरी महिला भलिबल तर्फ आज दिउँसो १ बजे भारत र बंगलादेश तथा दिउँसो तीन बजे श्रीलंका र माल्दिभ्स भिड्ने छन् ।