११ मंसिर २०८१, मंगलवार
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको पुरुष भलिबलमा नेपालले आज शुक्रबार भारतसँग खेल्दैछ ।
समूह चरणको दोस्रो तथा अन्तिम खेलमा नेपालले प्रतियोगिताकै बलियो टिम भारतसँग खेल्न लागेको हो ।
यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित कभर्डहलमा साँझ ५ बजे सुरु हुनेछ ।
समूह एको पहिलो खेलमा नेपाली टिम बंगलादेशसंग पराजित भएको थियो । अग्रतालाई जोगाउन नसक्दा नेपाली टिम बंगलादेशसंग ३–२ को सेटमा पराजित बनेको थियो ।
पहिलो खेलमा बंगलादेशसँग पराजित भएको नेपाललाई सेमिफाइनलमा पुग्नका लागि आज भारतमाथि जित निकाल्नु पर्ने दबाब छ ।
आजै राति ७ बजे श्रीलंका र माल्दिभ्स पनि आमने सामने हुने छन् ।
यसैगरी महिला भलिबल तर्फ आज दिउँसो १ बजे भारत र बंगलादेश तथा दिउँसो तीन बजे श्रीलंका र माल्दिभ्स भिड्ने छन् ।