२ मंसिर २०८१, आईतवार
नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा तोडफोड गरेका छन् ।
राजनीतिक नियुक्तिको आधारमा असक्षम व्यक्तिलाई रजिष्ट्रार नियुक्त गरेको भन्दै नेविसंघले आज उपकुलपति धर्मकान्त बास्कोटाको कार्यकक्षमा तोडफोड गरेका हुन् ।
उपकुलपति बाँस्कोटाको सिफारिसमा गत शुक्रबार कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले रजिष्ट्रारमा प्रा.डा. पेशल दाहाललाई नियुक्त गरेका थिए ।
तोडफोडबाट उपकुलपतिको कार्यकक्षमा रहेका टेबुल र कुर्सीमा क्षति भएको छ ।
त्रिवि परिसरभित्रै प्रहरी चौकी राखिएकोमा पनि नेविसंघले विरोध गरेको छ ।