नेविसंघले गर्‍यो त्रिवि उपकुलपति कार्यकक्ष तोडफोड

होमल्याण्ड खबर

२०७६ पुष १३ गते, आईतवार १६:४९ मा प्रकाशित

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा तोडफोड गरेका छन् ।

राजनीतिक नियुक्तिको आधारमा असक्षम व्यक्तिलाई रजिष्ट्रार नियुक्त गरेको भन्दै नेविसंघले आज उपकुलपति धर्मकान्त बास्कोटाको कार्यकक्षमा तोडफोड गरेका हुन् ।

उपकुलपति बाँस्कोटाको सिफारिसमा गत शुक्रबार कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले रजिष्ट्रारमा प्रा.डा. पेशल दाहाललाई नियुक्त गरेका थिए ।

तोडफोडबाट उपकुलपतिको कार्यकक्षमा रहेका टेबुल र कुर्सीमा क्षति भएको छ ।

त्रिवि परिसरभित्रै प्रहरी चौकी राखिएकोमा पनि नेविसंघले विरोध गरेको छ ।