नबिल बैंक र भारतको आईसीआईसीआई बैंकबीच सम्झौता

होमल्याण्ड खबर

२०७६ पुष २० गते, आईतवार १४:३३ मा प्रकाशित

नबिल बैंक र भारतीय निजी क्षेत्रको अग्रणी वित्तीय संस्था ‘आईसीआईसीआई बैंक’ बिच एक समझदारीपत्रमा हस्तारक्षर (एमओयू) भएको छ । नबिल बैंकका सिईओ अनिल केशरी शाह र आईसीआईसीआई बैंकका इन्टरनेशनल फाइनान्सियल इन्स्टिच्युशन ग्रुप प्रमुख रञ्जु सिगटियाले काठमाडौं स्थित नबिल बैंकको केन्द्रीय कार्यालयमा यस सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौताले दुई संस्था बिच सहकार्य तथा व्यापार, विप्रेषण (रेमिट्यान्स), ट्रेजरी (कोष) लगायत विद्यमान विविध व्यवसायिक सम्बन्धलाई थप बलियो बनाउन फ्रेमवर्क (ढाँचा( सिर्जना गर्नेछ । यो सम्झौतापछि दुई बैंकले आफ्ना ग्राहकको व्यापार तथा ट्रेजरी आवश्यकतामा निर्वाध सहयोग गर्न एक आपसमा निकट सहकार्यका साथ काम गर्नेछन् । नबिल बैंकले नेपालमा बलियो बजार पहुच बनाएको छ भने आईसीआईसीआई बैंकले बैंकिङ तथा फ्रान्चाइज विस्तार (भारतभरका साथै केही प्रमुख विश्व बजार( मा विशिष्टता हासिल गरेको छ । यस कारण दुबै बैंक यस एमओयू मार्फत सहकार्यका लागि एकसाथ हुदा हासिल ‘जोइन्ट स्ट्रेन्थ’ (संयुक्त शक्ति( को प्रभावकारी रुपमा लाभ उठाउन यस सम्झौताले दुबै बैंकलाई सक्षम बनाउनेछ ।