३ मंसिर २०८१, सोमबार
प्रदेश नम्बर ३ को राजधानी कहाँ हुने भन्ने विषयमा मदभेद देखिएपछि नेकपा कठोर बन्ने संकेत देखिएको छ ।
राजधानीका विषयमा नेकपाभित्र नै विवाद देखिएपछि नेकपाले पार्टीमा ह्विप लगाउन लागेको हो । सांसदहरूले विरोध जारी राखेपछि बिहीबारको नेकपा संसदीय दलको बैठक निष्कर्षविना टुंगिएको छ ।
राजधानी र नाम सर्वसम्मत तय गर्न बैठकमा सहमति नजुटे नेकपा संसदीय दलले ह्विप लगाउने तयारी गरेको जनाएको छ ।
बैठकमा सहमति नजुटेको खण्डमा ह्विप लगाएर भए पनि हेटौँडा राजधानी र बागमती नामको पक्षमा मतदान गर्ने तयारी भएको बुझिएको छ ।
राजधानीको विषयलाई लिएर सांसदहरूले प्रदेश सभा बैठकमा पनि असन्तुष्टि व्यक्त गरेका छन् ।