प्रदेश ३ राजधानी विवादमा नेकपामा ‘ह्विप’ लगाउने तयारी

होमल्याण्ड खबर

२०७६ पुष २५ गते, शुक्रबार १४:०० मा प्रकाशित

प्रदेश नम्बर ३ को राजधानी कहाँ हुने भन्ने विषयमा मदभेद देखिएपछि नेकपा कठोर बन्ने संकेत देखिएको छ ।

राजधानीका विषयमा नेकपाभित्र नै विवाद देखिएपछि नेकपाले पार्टीमा ह्विप लगाउन लागेको हो । सांसदहरूले विरोध जारी राखेपछि बिहीबारको नेकपा संसदीय दलको बैठक निष्कर्षविना टुंगिएको छ ।

राजधानी र नाम सर्वसम्मत तय गर्न बैठकमा सहमति नजुटे नेकपा संसदीय दलले ह्विप लगाउने तयारी गरेको जनाएको छ ।

बैठकमा सहमति नजुटेको खण्डमा ह्विप लगाएर भए पनि हेटौँडा राजधानी र बागमती नामको पक्षमा मतदान गर्ने तयारी भएको बुझिएको छ ।

राजधानीको विषयलाई लिएर सांसदहरूले प्रदेश सभा बैठकमा पनि असन्तुष्टि व्यक्त गरेका छन् ।