पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्री, आजै सपथ

होमल्याण्ड खबर

२०७६ फाल्गुन ५ गते, सोमबार ११:३१ मा प्रकाशित

पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुन न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएकी छिन् ।

तुम्बाहाङ्फेले आजै दिउँसो राष्ट्रपतिसमक्ष राष्ट्रपति भवन शीतल निवासमा शपथ लिँदैछिन् ।

यसअघि उपप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजीनामा दिएपछि कानुन मन्त्रीको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई दिएको थियो ।