३ मंसिर २०८१, सोमबार
पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुन न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएकी छिन् ।
तुम्बाहाङ्फेले आजै दिउँसो राष्ट्रपतिसमक्ष राष्ट्रपति भवन शीतल निवासमा शपथ लिँदैछिन् ।
यसअघि उपप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजीनामा दिएपछि कानुन मन्त्रीको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई दिएको थियो ।