३ मंसिर २०८१, सोमबार
समाजवादी जनता दलका नेता उपेन्द्र यादवले राष्ट्रको अहित हुने गरी महाकाली सन्धि भएको भन्दै सो कार्यमा संलग्नहरूले माफी माग्नुपर्ने बताएका छन् । प्रतिनिधिसभामा शनिबार संविधान संशोधन विधेयकमाथिको छलफलका क्रममा उनले सुगौली सन्धिबाट प्राप्त अधिकार कटौती गर्ने गरि महाकाली सन्धि भएको बताए ।
महाकाली सन्धि गर्ने बेलाका प्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवा र सन्धिको पक्षमा उभिएका नेकपाका नेता अहिलेका प्रधानमन्त्री केपी ओलीतर्फ लक्षित गर्दै उनले महकाकाली सन्धिका विषयमा माफी माग्नुपर्ने उनको भनाइ थियो । महाकाली नदीको सम्झौता गर्दा १९९६ को प्रस्तावनामै महाकाली नदीको अधिकांश भाग सीमा हुने उल्लेख भएको भन्दै यादवले सुगौली सन्धिले पाएको अधिकार पछाडि धकेल्ने गरी महाकाली सन्धि भएको बताए ।
अब जवाफ दिनुप¥यो यहाँहरूले कांग्रेस, कम्युनिस्ट नेताहरूले । सुगौली सन्धिभन्दा पनि पछाडि हटेर राष्ट्रको अहित गरेको हो कि होइन ?” उनले भने, “त्यसका लागि हामी सबैले माफी सिकन नमाग्ने ? देश र जनतासँग यहाँहरूले माफी माग्नुपर्यो ।”