ओली – दाहालको बालुवाटारमा वार्ता

होमल्याण्ड खबर

२०७७ श्रावण ३० गते, शुक्रबार १३:०० मा प्रकाशित

काठमाडौ नेकपा भित्रको विवाद  पेचिलो बनिरहेका बेला अध्यक्ष द्वय  केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका बीच निरन्तर वार्ता भईरहेका छन् ।   आज पनि  अध्यक्ष ओली र अर्का अध्यक्ष  दाहाल बीच बालुवाटार भेटवार्ता सुरु भएको छ। साउन ३० शुक्रबारको वार्तामा ओली र प्रचण्ड सहित महासचिव विष्णु पौडेल पनि सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

उनीहरुसंगै  प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा समेत सहभागी भएको  सचिवालयले बताएको छ छ।  भेटका बारेका नेकपाका  स्थायी सदस्य गणेश साहले भने – ‘अध्यक्ष द्वय  ओली र दाहाल बीचका भेटहरु आजभोलि तिब्र बनेका छन् । आजै पनि भेट्दै हुनुहुन्छ भन्ने सुनेको छु ।  आजको भेटले पार्टी भित्रको विवादलाई नयाँ रुप दिन सक्ने आशा गर्न सकिन्छ ।’