३ मंसिर २०८१, सोमबार
काठमाडौ नेकपा भित्रको विवाद पेचिलो बनिरहेका बेला अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका बीच निरन्तर वार्ता भईरहेका छन् । आज पनि अध्यक्ष ओली र अर्का अध्यक्ष दाहाल बीच बालुवाटार भेटवार्ता सुरु भएको छ। साउन ३० शुक्रबारको वार्तामा ओली र प्रचण्ड सहित महासचिव विष्णु पौडेल पनि सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
उनीहरुसंगै प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा समेत सहभागी भएको सचिवालयले बताएको छ छ। भेटका बारेका नेकपाका स्थायी सदस्य गणेश साहले भने – ‘अध्यक्ष द्वय ओली र दाहाल बीचका भेटहरु आजभोलि तिब्र बनेका छन् । आजै पनि भेट्दै हुनुहुन्छ भन्ने सुनेको छु । आजको भेटले पार्टी भित्रको विवादलाई नयाँ रुप दिन सक्ने आशा गर्न सकिन्छ ।’