१० मंसिर २०८१, सोमबार
काठमाडौं । निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले चाड पर्वको अवसरमा‘निसान धमाकेदार दसैं, तिहार तथा छठ अफर’उपहार योजना ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले शुन्य प्रतिसत डाउन पेमेन्ट गाडी खरिद गर्न सक्नेछन साथै ९ महिना सम्मको EMI पनि कम्पनीले नै तिरिदिने जनाएको छ ।
उक्त अफर नलिएको खण्डमाबढीमारु २० लाख सम्मको नगद छुट प्राप्त गर्न सक्नेछन। यसका साथै ३५ हजार ९९९ रुपैंया बराबर को Redmi Note 9 Pro Max मोबाइल फोन प्राप्त गर्न सक्ने छन् ।
यो योजना अन्तर्गत ग्राहकहरूले हरेक निसान गाडी को खरिदमा ५० हजार रुपैयाँसम्मको फ्र्रि एसेसोरिज, एक वर्षको निःशुल्क बीमा, १० बर्षको सम्मको फाइनान्सिंग, Redmi Note 9 Pro Max , तिन वर्षको वारेन्टि, तिन बर्ष सम्म फ्रि सर्भिसिङ, लोयल्टी बोनस, चालु आ.व. को सडक कर र स्पट एक्सचेन्जको सुविधा पनि लिन सक्नेछन।