आज गण्डकी प्रदेशसभाको विशेष अधिवेशन, जनसरोकारका विषयमा छलफल हुने

होमल्याण्ड खबर

२०७७ पुष २१ गते, मंगलवार ११:०५ मा प्रकाशित

आज (मंगलबार) गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सुरु हुँदैछ । प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले माग गरेपछि गण्डकी प्रदेशको विशेष अधिवेशन बोलाइएको हो ।

जानकारी अनुसार विशेष अधिवेशनको बैठक दिउँसो १ बजे पोखरा सभागृहमा बस्ने भएको छ । पहिलोपटक आव्हान गरिएको विशेष अधिवेशनमा जनसरोकारका विषयमा छलफल हुने अनुमान गरिएको छ ।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीका अनुसार जनसरोकारका विषयमा छलफल आवश्यक भएकाले विशेष अधिवेशन माग गरिएको हो ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सुविधाजनक बहुमतमा रहेकाले सरकार फेरबदलको विषयमा भने विशेष अधिवेशनमा कुरा नउठ्ने अनुमान गरिएको छ ।