४ मंसिर २०८१, मंगलवार
आज (मंगलबार) गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सुरु हुँदैछ । प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले माग गरेपछि गण्डकी प्रदेशको विशेष अधिवेशन बोलाइएको हो ।
जानकारी अनुसार विशेष अधिवेशनको बैठक दिउँसो १ बजे पोखरा सभागृहमा बस्ने भएको छ । पहिलोपटक आव्हान गरिएको विशेष अधिवेशनमा जनसरोकारका विषयमा छलफल हुने अनुमान गरिएको छ ।
कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीका अनुसार जनसरोकारका विषयमा छलफल आवश्यक भएकाले विशेष अधिवेशन माग गरिएको हो ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सुविधाजनक बहुमतमा रहेकाले सरकार फेरबदलको विषयमा भने विशेष अधिवेशनमा कुरा नउठ्ने अनुमान गरिएको छ ।