प्रतिनिधिसभा विघटनविरुद्ध विवेकशील पार्टीले गर्‍यो घडी देखाएर प्रदर्शन

होमल्याण्ड खबर

२०७७ माघ ४ गते, आईतवार १६:२५ मा प्रकाशित

प्रतिनिधिसभा विघटनविरुद्ध विवेकशील पार्टीले आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

विवेकशीलका कार्यकर्ताहरुले ‘ यो समय भ्याक्सिनको हो’ लेखिएको मूल ब्यानरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले घडी देखाएर प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसको विरोधमा विवकशीलले प्रर्दशन गरेको २८ औँ दिन भएको जनाइएको छ ।

उनीहरुले  ‘यो समय भ्याक्सिनको हो प्रधानमन्त्री ज्यू’ लेखिएको घडी पनि प्रदर्शन गरेका थिए । केपी ओली सरकार अधिनायकवादको बाटोमा हिँडेको उनीहरुको भनाइ थियो।