४ मंसिर २०८१, मंगलवार
प्रतिनिधिसभा विघटनविरुद्ध विवेकशील पार्टीले आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।
विवेकशीलका कार्यकर्ताहरुले ‘ यो समय भ्याक्सिनको हो’ लेखिएको मूल ब्यानरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले घडी देखाएर प्रदर्शन गरेका हुन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसको विरोधमा विवकशीलले प्रर्दशन गरेको २८ औँ दिन भएको जनाइएको छ ।
उनीहरुले ‘यो समय भ्याक्सिनको हो प्रधानमन्त्री ज्यू’ लेखिएको घडी पनि प्रदर्शन गरेका थिए । केपी ओली सरकार अधिनायकवादको बाटोमा हिँडेको उनीहरुको भनाइ थियो।