पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

होमल्याण्ड खबर

२०७७ फाल्गुन ५ गते, बुधबार ०७:३६ मा प्रकाशित

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल नियगले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिकतर्फ)को मूल्य बृद्धि गरेको हो ।

नयाँ मूल्यसुचीअनुसार अब  पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ ।

यस्तै डिजल र मट्टितेलको मूल्य ९७ रुपैयाँ प्रतिलिटर पुगेको निगमले जनाएको छ ।

भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार तेलको मूल्य बढाएको हो ।

नयाँ मूल्यसूचीअनुसार निगमलाई १५ दिनमा ६ करोड ७ लाख रुपैयाँ घाटा रहेको दाबी गरिएको छ ।

पेट्रोलमा ५ रुपैयाँ ८२ पैसा, डिजलमा ४ रुपैयाँ १३ पैसा र ग्यासमा २ सय ८५ रुपैयाँ ८३ पैसा घाटा रहेको बताइएको छ  । मट्टितेलमा भने निगम नाफामा रहेको छ ।