१३ मंसिर २०८१, बिहीबार
पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल नियगले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिकतर्फ)को मूल्य बृद्धि गरेको हो ।
नयाँ मूल्यसुचीअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ ।
यस्तै डिजल र मट्टितेलको मूल्य ९७ रुपैयाँ प्रतिलिटर पुगेको निगमले जनाएको छ ।
भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार तेलको मूल्य बढाएको हो ।
नयाँ मूल्यसूचीअनुसार निगमलाई १५ दिनमा ६ करोड ७ लाख रुपैयाँ घाटा रहेको दाबी गरिएको छ ।
पेट्रोलमा ५ रुपैयाँ ८२ पैसा, डिजलमा ४ रुपैयाँ १३ पैसा र ग्यासमा २ सय ८५ रुपैयाँ ८३ पैसा घाटा रहेको बताइएको छ । मट्टितेलमा भने निगम नाफामा रहेको छ ।