प्रधानमन्त्री ओलीले बोलाए संसदीय दलको बैठक

होमल्याण्ड खबर

२०७७ फाल्गुन २३ गते, आईतवार १७:३३ मा प्रकाशित

प्रधानमन्त्री एवं सत्तारुढ  नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।

सरकारी निवास बालुवाटारमा दलको बैठक बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

पार्टी एकता प्रक्रिया नै अस्वीकार गर्ने सर्वोच्च अदालतको फैसलालगत्तै उनले संसदीय दलको बैठक बोलाएका हुन् ।

संसद् बैठक समयमा सुरु नभएको भन्दै ओली बालुवाटार फर्किएका छन् । ओली फर्कनासाथ प्रतिनिधिसभा बैठक पनि सुरु भएको छ ।

आइतबारमात्रै सर्वोच्च अदालतले साविकको नेकपा एमाले र माओवादी केन्द्रबीच एकता नभई पूर्ववत अवस्थामा रहेको फैसला गरेको छ ।