४ मंसिर २०८१, मंगलवार
प्रधानमन्त्री एवं सत्तारुढ नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।
सरकारी निवास बालुवाटारमा दलको बैठक बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
पार्टी एकता प्रक्रिया नै अस्वीकार गर्ने सर्वोच्च अदालतको फैसलालगत्तै उनले संसदीय दलको बैठक बोलाएका हुन् ।
संसद् बैठक समयमा सुरु नभएको भन्दै ओली बालुवाटार फर्किएका छन् । ओली फर्कनासाथ प्रतिनिधिसभा बैठक पनि सुरु भएको छ ।
आइतबारमात्रै सर्वोच्च अदालतले साविकको नेकपा एमाले र माओवादी केन्द्रबीच एकता नभई पूर्ववत अवस्थामा रहेको फैसला गरेको छ ।