ओली– नेपाल समूहको छलफल सकारात्मक

होमल्याण्ड खबर

२०७७ चैत्र २ गते, सोमबार १३:५४ मा प्रकाशित

प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र माधव–खनाल समूहबीच छलफल भएको छ ।

आज पार्टी कार्यालय धुम्बाराहीमा शीर्ष नेताहरुबीच भएको छलफल सकिएको छ ।

छलफलमा दुबै पक्षले आ–आफ्नो धारणा राखेको वार्तामा सहभागी नेपालपक्षीय नेता रघुजी पन्तले  जानकारी दिए ।

छलफलमा दुबै पक्षले आ–आफ्नो अडान राखेकाले ठोस निस्कर्ष निस्कन नसकेको उनले बताए । उनले छलफल भने सकारात्मक भएको बताएका छन् ।