२८ फाल्गुन २०८२, बिहीबार
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता शेरबहादुर तामाङलाई केन्द्रीय कार्यालय सचिवको जिम्मेवार दिएका छन्।
पार्टीका केन्द्रीय सदस्य तथा पूर्वकानुन मन्त्रीसमेत रहेका तामाङलाई सचिवको जिम्मेवारी दिइएको हो । तत्कालिन नेकपाको प्रचण्ड–नेपाल पक्ष परित्याग गरी ओली समूहमा आएका उनले उक्त जिम्मेवारी पाएका हुन् ।


एमालेमा यसअघि नै ईश्वरी रिजाल कार्यालय सचिव छन् । तामाङ थपिएपछि अब दुई जना कार्यालय सचिव भएका छन् ।