ओली समूहमा लागेका शेरबहादुर बने एमालेको कार्यालय सचिव

होमल्याण्ड खबर

२०७८ बैशाख १० गते, शुक्रबार १६:२९ मा प्रकाशित

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता   शेरबहादुर तामाङलाई केन्द्रीय कार्यालय सचिवको जिम्मेवार दिएका छन्।

पार्टीका केन्द्रीय सदस्य तथा पूर्वकानुन मन्त्रीसमेत रहेका तामाङलाई सचिवको जिम्मेवारी दिइएको हो । तत्कालिन नेकपाको  प्रचण्ड–नेपाल पक्ष परित्याग गरी ओली समूहमा आएका उनले उक्त जिम्मेवारी पाएका हुन् ।

एमालेमा यसअघि नै ईश्वरी रिजाल कार्यालय सचिव छन् । तामाङ थपिएपछि अब दुई जना कार्यालय सचिव भएका छन् ।