५ मंसिर २०८१, बुधबार
प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
आज बालुवाटारमा एमाले स्थायी कमिटी बैठक सकाएर प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास गएका थिए । त्यलगत्तै उनले साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएको एक नेताले जनाकारी दिए ।
आज बसेको एमाले स्थायी कमिटी बैठकमा राष्ट्रियसभाको उपनिर्वाचनमा बसलाई उम्मेदवार बनाउने भन्नेबारे छलफल गरेको थियो । साथै उम्मेदवारको जीत सुनिश्चित हुने गरी जनप्रतिनिधि तथा मतदातासंँग छलफल गर्ने निर्णय गरेको थियो ।