प्रधानमन्त्रीले बोलाए साँझ ५ मन्त्रिपरिषद्को बैठक

होमल्याण्ड खबर

२०७८ बैशाख २३ गते, बिहीबार १३:२० मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

आज बालुवाटारमा एमाले स्थायी कमिटी बैठक सकाएर प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास गएका थिए । त्यलगत्तै उनले साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएको एक नेताले जनाकारी दिए  ।

ती नेताका अनुसार प्रधानमन्त्रीले बोलाएको बैठक नियमित हो ।

आज बसेको एमाले स्थायी कमिटी बैठकमा राष्ट्रियसभाको उपनिर्वाचनमा बसलाई उम्मेदवार बनाउने भन्नेबारे छलफल गरेको थियो । साथै उम्मेदवारको जीत सुनिश्चित हुने गरी जनप्रतिनिधि तथा मतदातासंँग छलफल गर्ने निर्णय गरेको थियो ।