२८ फाल्गुन २०८२, बिहीबार
नेकपा एमालेले राष्ट्रियसभाको उपचुनावका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई नै उम्मेदवार बनाएको छ ।
बालुवाटारमा बसेको अनौपचारिक बैठकले उनलाई नै उम्मेदवार बनाएको हो । उम्मेदवार बनाएसँगै उनी मनोनयनका लागि हेलिकोप्टरबाट हेटौंडा पुगेका छन् ।


यसअघि हार्ने उम्मेदवार नबन्ने चर्चा चले पनि उनी नै उम्मेदवार बनेका छन् । बादल नेकपा माओवादी केन्द्र परित्याग गरी एमालेमा लागेका नेता हुन् ।