राष्ट्रियसभा उपचुनावका लागि एमालेबाट गृहमन्त्री थापा बने उम्मेदवार

होमल्याण्ड खबर

२०७८ बैशाख २४ गते, शुक्रबार १२:१८ मा प्रकाशित

नेकपा एमालेले राष्ट्रियसभाको उपचुनावका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई नै उम्मेदवार बनाएको छ ।

बालुवाटारमा बसेको अनौपचारिक बैठकले उनलाई नै उम्मेदवार बनाएको हो । उम्मेदवार बनाएसँगै उनी मनोनयनका लागि हेलिकोप्टरबाट हेटौंडा पुगेका छन् ।

यसअघि हार्ने उम्मेदवार नबन्ने चर्चा चले पनि उनी नै उम्मेदवार बनेका छन् । बादल नेकपा माओवादी केन्द्र परित्याग गरी एमालेमा लागेका नेता हुन् ।