प्रतिनिधिसभा बैठक सुरु

होमल्याण्ड खबर

२०७८ बैशाख २७ गते, सोमबार १३:१८ मा प्रकाशित

प्रतिनिधिसभा बैठक सुरु भएको छ । संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरेका छन् ।

विश्वासको मत लिने प्रयोजनका लागि मात्रै बैठक बोलाइएकाले अन्य कार्यसूची छैन ।

बैठकमा सहभागी हुन पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको थियो । यद्यपि, कोरोना संक्रमित सांसदहरुलाई पनि मतदानको लागि विशेष व्यवस्था मिलाइएको छ ।कोरोना संक्रमित सांसदहरुलाई टेन्टमा बस्ने व्यवस्था मिलाइएको छ ।

संघीय संसद सचिवालयले कोरोना परीक्षण गराउँदा २६ जना सांसदहरुमा संक्रमण पुष्टि भएको थियो ।