५ मंसिर २०८१, बुधबार
प्रतिनिधिसभा बैठक सुरु भएको छ । संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरेका छन् ।
बैठकमा सहभागी हुन पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको थियो । यद्यपि, कोरोना संक्रमित सांसदहरुलाई पनि मतदानको लागि विशेष व्यवस्था मिलाइएको छ ।कोरोना संक्रमित सांसदहरुलाई टेन्टमा बस्ने व्यवस्था मिलाइएको छ ।
संघीय संसद सचिवालयले कोरोना परीक्षण गराउँदा २६ जना सांसदहरुमा संक्रमण पुष्टि भएको थियो ।