आफूलाई गण्डकीको मुख्यमन्त्रीमा नियुक्त गर्न  कृष्णचन्द्र नेपालीको आग्रह

होमल्याण्ड खबर

२०७८ बैशाख २९ गते, बुधबार १६:४३ मा प्रकाशित

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा आफूलाई नियुक्त गर्न आग्रह गर्दै नेपाली कांग्रेसका कृष्णचन्द्र नेपालीले  प्रदेश प्रमुखको कार्यालयमा पत्र दर्ता गराएका हुन् ।

उनले आज नेकपा माओवादी , राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टीको समर्थन रहेको भन्दै बहुमत दाबीसहित पत्र दर्ता गराएका गराएका हुन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गत आइतवार प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष राजीनामा दिएपछि गण्डकी प्रदेशमा नयाँ मुख्यमन्त्री चयन गर्न लागिएको हो ।

उनको राजीनामापछि प्रदेश प्रमुख पौडेलले नयाँ सरकार गठनका लागि आज दिउँसो ४ बजेसम्मको समय दिएकी थिइन् ।

६० सदस्यीय गण्डकी प्रदेशमा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३, जसपाका २ र स्वतन्त्रबाट १ सांसद छन् । नयाँ सरकार गठनका लागि ३१ सांसद आवश्यक पर्छ ।