५ मंसिर २०८१, बुधबार
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा आफूलाई नियुक्त गर्न आग्रह गर्दै नेपाली कांग्रेसका कृष्णचन्द्र नेपालीले प्रदेश प्रमुखको कार्यालयमा पत्र दर्ता गराएका हुन् ।
उनले आज नेकपा माओवादी , राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टीको समर्थन रहेको भन्दै बहुमत दाबीसहित पत्र दर्ता गराएका गराएका हुन् ।
उनको राजीनामापछि प्रदेश प्रमुख पौडेलले नयाँ सरकार गठनका लागि आज दिउँसो ४ बजेसम्मको समय दिएकी थिइन् ।
६० सदस्यीय गण्डकी प्रदेशमा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३, जसपाका २ र स्वतन्त्रबाट १ सांसद छन् । नयाँ सरकार गठनका लागि ३१ सांसद आवश्यक पर्छ ।