राष्ट्रियसभा उपनिर्वाचनमा बादललाई ‘सूर्य ’ ,देवकोटालाई ‘कलम´

होमल्याण्ड खबर

२०७८ बैशाख २९ गते, बुधबार २२:०१ मा प्रकाशित

वाग्मती प्रदेशमा आगामी  जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनका उम्मेदवारहरुले चुनाव चिन्ह पाएका छन् ।

निर्वाचन आयोगले आज  डा. खिमलाल देवकोटालाई  कलम चुनाव चिह्न दिएको हो ।

उपनिर्वाचनमा उम्मेदवारी दिएका नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादल र नेपाल मजदुर किसान पार्टीका उम्मेदवार कृष्णबहादुर तामाङले आफनै दलको चुनाव चिह्न क्रमश सूर्य र मादल पाएका हुन् ।

कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका देवकोटाले कलम चुनाव चिह्न मागेका थिए ।