२८ फाल्गुन २०८२, बिहीबार
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।
रिट निवेदकतर्फबाट बहस गर्दै बरिष्ठ अधिवक्ता सविता भण्डारीले प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवाको दाबी पुग्ने तर्क गरेकी छन् ।


बरिष्ठ अधिवक्ता भण्डारीले इतिहास रच्न बसेकाहरूले इतिहास भत्काएको बताएकी छन् ।
रिट निवेदक पक्षका कानुन व्यवसायीको बहस आज सकिएमा भोलिदेखि सरकार पक्षका कानुन व्यवसायी र सरकारी वकिलहरुले बहस गर्ने छन् ।
संवैधानिक इजलासले रिट निवेदक र सरकारी पक्षका दुवै कानुन व्यवसायीलाई बहसका लागि १५–१५ घन्टा समय छुट्याइएको थियो ।