प्रधानमन्त्रीमा देउवाको दाबी पुग्छः बरिष्ठ अधिवक्ता भण्डारी

होमल्याण्ड खबर

२०७८ असार १३ गते, आईतवार १३:१३ मा प्रकाशित

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।

रिट निवेदकतर्फबाट बहस गर्दै बरिष्ठ अधिवक्ता सविता भण्डारीले प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवाको दाबी पुग्ने तर्क गरेकी छन् ।

संविधानको धारा ७६ (५)  को सरकार नबनी संसद विघटन नहुने बताएकी छन् । ७६ (५) दलहरूले सरकार दिन नसकेपछि सांसदले सरकार बनाउने ठाउँ भएको बताउँदै अदालतले त्यही अनुसार फैसला गर्नुपर्ने उनको भनाइ छ ।

बरिष्ठ अधिवक्ता भण्डारीले इतिहास रच्न बसेकाहरूले इतिहास भत्काएको बताएकी छन् ।

रिट निवेदक पक्षका कानुन व्यवसायीको बहस आज सकिएमा भोलिदेखि सरकार पक्षका कानुन व्यवसायी र सरकारी वकिलहरुले बहस गर्ने छन् ।

संवैधानिक इजलासले रिट निवेदक र सरकारी पक्षका दुवै कानुन व्यवसायीलाई बहसका लागि १५–१५ घन्टा समय छुट्याइएको  थियो ।