एमालेको दशौं महाधिवेश आयोजक कमिटी खारेज, केन्द्रीय कमिटीको बैठक शुक्रबार

होमल्याण्ड खबर

२०७८ असार १६ गते, बुधबार १४:२७ मा प्रकाशित

नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरिएको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले दशौं महाधिवेशन आयोजक कमिटीलाई खारेज गर्दै त्यसलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

रूपान्तरण गरिएको केन्द्रीय कमिटीको बैठक असार शुक्रबार (१८ गते) बस्ने प्रवक्ता ज्ञवालीले बताए । उक्त बैठकले पार्टी बिवादका धेरै विषय टुङ्गो लगाउने उनको भनाई छ ।

बैठकले स्थायी कमिटीमा रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, रघुवीर महासेठ, रघु पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई मनोनीत गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले वरिष्ठ नेता झलनाथ खनालको उपचारको जिम्मा पार्टीले लिने निर्णय भएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।