२८ फाल्गुन २०८२, बिहीबार
नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरिएको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले दशौं महाधिवेशन आयोजक कमिटीलाई खारेज गर्दै त्यसलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
बैठकले स्थायी कमिटीमा रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, रघुवीर महासेठ, रघु पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई मनोनीत गर्ने निर्णय गरेको छ ।


यस्तै बैठकले वरिष्ठ नेता झलनाथ खनालको उपचारको जिम्मा पार्टीले लिने निर्णय भएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।