देउवा निवासमा कांग्रेसका शीर्ष नेताहरुबीच छलफल जारी

होमल्याण्ड खबर

२०७८ असार १९ गते, शनिबार १३:०४ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा कांग्रेसका शीर्ष नेताहरुबीच छलफल भइरहेको छ ।

छलफलमा  उपसभापति विमलेन्द्र निधि, विजय कुमार गच्छदार, पूर्णबहादुर खड्का, प्रकाशशरण महत, एनपी साउद लगायतका नेताहरु सहभागी छन् ।

उनीहरुबीच आगामी १४ औं महाधिवेशन र क्रियाशील सदस्यता वितरणका विषयमा छलफल भइरहेको देउवाको सचिवालयले जनाएको छ।

आगामी महाधिवेशनमा देउवाले आफू सभापतिमा लड्ने बताइसकेका छन्  । यस्तै उपसभापति निधिले पनि सभापति पदको उम्मेदवार बन्ने घोषणा गरेका छन् । निधिले सभापतिमा दाबी गर्दै आएका महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग पनि निरन्तर छलफल गरिरहेका छन् ।

कांग्रेसको १४ औँ महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने कार्यतालिका रहेको छ ।