२८ फाल्गुन २०८२, बिहीबार
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा कांग्रेसका शीर्ष नेताहरुबीच छलफल भइरहेको छ ।
छलफलमा उपसभापति विमलेन्द्र निधि, विजय कुमार गच्छदार, पूर्णबहादुर खड्का, प्रकाशशरण महत, एनपी साउद लगायतका नेताहरु सहभागी छन् ।


आगामी महाधिवेशनमा देउवाले आफू सभापतिमा लड्ने बताइसकेका छन् । यस्तै उपसभापति निधिले पनि सभापति पदको उम्मेदवार बन्ने घोषणा गरेका छन् । निधिले सभापतिमा दाबी गर्दै आएका महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग पनि निरन्तर छलफल गरिरहेका छन् ।
कांग्रेसको १४ औँ महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने कार्यतालिका रहेको छ ।