एमाले पार्टी एकताका लागि १० बुँदे सहमति (सहमतिपत्र सहित )

होमल्याण्ड खबर

२०७८ असार २७ गते, आईतवार २३:५० मा प्रकाशित

आइतबार लगातार १४ घण्टासम्मको  छलफलपछि सत्तारूढ दल  एमाले कार्यदलले पार्टी एकताका लागि १० बुँदे सहमति गरेको छ । नेता भीम रावलले  १० बुँदे सहमति नेतृत्व समक्ष पेस गर्ने निर्णय भएकाे बैठकपछि पत्रकारलाई जानकारी गराएका थिए ।  ।

नेताहरुले यी सहमति नेताद्वय केपी शर्मा ओली र माधवकुमार नेपाललाई बुझाउनेछन्। १० बुँदे सहमतिमा संस्थापन र माधव गुट दुबै पक्षका नेताहरुले हस्ताक्षर गरेका छन् ।