अमेरिकी राजदूत बेरी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

होमल्याण्ड खबर

२०७८ असार ३१ गते, बिहीबार १३:०५ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच भेटवार्ता भएको छ।

बिहीबार बिहान बुढानिलकण्ठस्थित देउवा निवासमा उनीहरूबीच भेटवार्ता भएको हो।

उनले ट्वीट गर्दै आफ्नो नयाँ कार्यकालमा नेपाल-अमेरिकाबीचको मित्रता र साझेदारीलाई थप सुदृढ गर्ने बताएका छन्।  यसअघि मंगलबार प्रधानमन्त्रीको सपथ सकिनासाथ राजदूत बेरीले सामाजिक सञ्जालमार्फत् बधाई दिएका थिए। उनले मंगलबार राति नै फोन गरेर बधाई समेत दिएका थिए।